Logo

वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छ: उपप्रधानमन्त्री खड्का



काठमाडौँ, १८ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताएका छन् ।

आजदेखि यहाँ सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शङ्का नगर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका उपसभापतिसमेत र रहेका खड्काले निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने प्रष्ट पारेका थिए । गत निर्वाचनलगत्तै केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या नरहेको खड्काको भनाइ छ ।

वर्तमान गठवन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्