Logo

नामिबियामाथि नेपालको रोमाञ्चक जित



काठमाडौँ, १८ फागुन । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई तीन रनले हराएको हो ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिएका थिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनायो । नेपालका कुशल मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्