Logo

विकास र समृद्धिका लागि एमालेको विकल्प छैन: महासचिव पोखरेल



महोत्तरी, १९ फागुन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको र जनतामा निराशा छाएको आरोप लगाएका हुन् ।

महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सोही कारण एमालले मिसन २०८४ ल्याएको बताए । उनले मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाएर प्रत्येक प्रदेशमा समेत एमालेको नेतृत्वमा सरकार बनाउन लागिपर्न जनतासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्