Logo

च्याम्पियन्स लिग क्वार्टरफाइनल ‘ड्र’: सिटीले रियल मड्रिडसँग खेल्ने



स्विट्जरल्यान्ड, २ चैत । यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।

स्विट्जरल्यान्डको नियोनमा आज क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको हो ।

‘ड्र’ अनुसार म्यान्चेस्टर सिटी र रियल मड्रिडबीच फेरि एक पटक प्रतिस्पर्धा हुने भएको छ । गएको संस्करणको सेमिफाइनलमा सिटीले मड्रिडलाई हराउँदै उपाधि जितेको थियो । यसपालि यी दुईको भेट क्वार्टरफाइनलमै भएको हो ।

क्वार्टरफाइनलकै अन्य खेलमा पीएसजी र बार्सिलोना, एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड, आर्सनल र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुने भएको छ । क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ९ र दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्