Logo

पलेशा पारा ओलम्पिकमा छनोट



काठमाडौँ, ४ चैत । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक २०२४ का लागि छनोट भएकी छिन् ।

चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । उनले के-४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन् ।

त्यसैगरी, उनले सेमिफाइनल खेलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । छनोट खेल जितेर ओलम्पिकमा सहभागिता जनाउने उनी नेपालकी पहिलो पारा खेलाडी बन्न सफल भइन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कास्य पदक विजेतासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्