Logo

अफगानिस्तानसँगको टी-२० क्रिकेट नखेल्ने अस्ट्रेलियाको घोषणा



अस्ट्रेलिया, ६ चैत । अफगानिस्तानमा महिला र बालिकाको अवस्था बिग्रँदो अवस्थामा रहेको भन्दै अस्ट्रेलियाले ३ वटा खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला स्थगित गर्ने घोषणा गरेको छ ।

अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै शृङ्खला स्थगित गर्ने निर्णय गरेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएको क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ वटा खेलको टी-२० क्रिकेट शृङ्खला आउँदो अगस्टमा यूएईमा हुने तालिका थियो । सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्