Logo

हल्दिबारी गाउँपालिकाद्वारा विपन्न आवासका १२ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा



झापा, १५ वैशाख । हल्दिबारी गाउँपालिकाले निर्माण गरेको आवास भवनमा बसोवास गर्ने १२ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

हल्दिबारी गाउँपालिकामा भएका अति विपन्न नागरिकहरुको छनौट गरेर आवास हस्तान्तरण गरेको पालिकाले त्यहाँ बस्ने परिवारका ५० जना को स्वास्थ्य बिमा गरि आज बिमा कार्ड वितरण गरिएको हो । उनीहरूको बिमा वापत गाउँपालिकाले ४४ हजार ८ सय खर्च गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले जनताहरूले दुख परेको बेला स्थानीय सरकार भएको आभास गर्न पाउनुपर्छ भन्ने मान्यताले गाउँपालिकाले जनताले प्रत्यक्ष लाभ लिन सक्ने कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

उहाले आफ्नो वसोवास भएको ठाउँको सरसफाई गर्न, मिलेर बस्न सबैलाई अनुरोध गर्दै केही समस्या भए पालिकाले समाधान गर्दिने प्रतिबद्धता जनाउनुभयो ।

१२ घरपरिवार वसोवास गरिरहेको आवास क्षेत्रमा शौचालय, विधुत,पानी लगायत का अत्यावश्यक सेवा सुरूवात बाटै उपलब्ध गराइएको छ भने विधार्थीहरुका लागि नजिकै विद्यालय तथा गाउँपालिकाको आधारभूत अस्पताल पनि सेरोफेरो मै रहेको छ।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्यकर्मीहरु, संचारकर्मी, समाजसेवी लगायत त्यहाँका स्थानियको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्