Logo

कांग्रेसलाई सत्तामा जान कुनै हतार छैन: पौडेल



दाङ, १० चैत । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताएका छन् ।

शनिबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिले गर्दा कहिले सत्तामा र कहिले विपक्षमा हुने भन्दै कांग्रेस पार्टी प्रमुख प्रतिपक्ष दलका रुपमा संसद्मा प्रभावकारी र रचनात्मक भूमिका गरेर अगाडि बढ्ने बताएका हुन् ।

सत्तामा जानको निम्ति अप्राकृतिक प्रपञ्च गर्न जरुरी नभएको समेत उनको भनाइ थियो । उनले भने, ‘हामीले कसैलाई अस्वाभाविक रुपमा कुर्सी दिएर वा गतिविधिहरू गरेर सत्तामा जान कोसिस गर्ने छैनौँ, गरेका पनि छैनौँ । हामीलाई परिस्थितिले नै सत्तामा लैजान्छ । यो गठबन्धन आफैँ ढल्ने र अर्को बन्ने गठबन्धनमा कांग्रेस सत्तामा जान्छ । त्यसैले हामीलाई हतार गर्न  कुनै आवश्यक छैन, हामी त्यो समय पर्खेर बस्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्