Logo

समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ: खनाल



काठमाडौँ, ११ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको बृहत् होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन् ।

उनले देशको विकास गर्न र विकृति, विसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए । उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् । खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताएका हुन् ।

सम्मानित नेता खनालले देशका युवा साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिविरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिविरुद्ध पनि आम जनतालाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्