Logo

इजरायलले आतङ्कवादी पक्राउ नपरेसम्म आक्रमण जारी राख्ने



इजरायल, १२ चैत । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल-शिफा अस्पतालमा आक्रमण जारी रहने बताएका छन् ।

अन्तिम आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताएका हुन् । उनले आतङ्कवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने जानकारी दिए ।

प्रमुख फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्याङ्कनको क्रममा यो टिप्पणी गरेका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै सात सयभन्दा बढी पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्