Logo

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक



काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल ‘दाहाल प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो ।

उक्त बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ । गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्