Logo

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ: मोन्टी देसाई



काठमाडौँ, १५ चैत । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी-२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरेका हुन् ।

नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेन्डशिप कप खेल्दैछ । त्यही प्रतियोगिता अगाडिको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक देसाईले भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको उनको भनाइ छ ।

देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्