Logo

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव: मन्त्री यादव



धनुषा, १६ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताएका छन् ।

उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह गरेका हुन् ।

जनकपुरधाममा आज मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापन समेत आवश्यक भएको बताए । उनले चिकित्सकलाई प्रतिबद्धताका साथ सेवामा जुट्न निर्देशन दिए ।

उपप्रधानमन्त्री यादवले भने, “सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाका लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलावासीको हो । मिथिलावासीले प्रमाणित गरेर देखाउनुपर्दछ ।” मधेस प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उनले जनकपुरधाम, राजविराज र वीरगञ्जमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भइरहेकोे बताए । करिब रु १४ करोडको लागतमा निर्मित ७५ शय्याको बर्थिङ सेन्टरको शिलान्याससमेत उपप्रधानमन्त्री यादवले नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्