Logo

स्नातक तहका प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा



काठमाडौँ, १७ चैत । त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमश: दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने त्रिविले जनाएको छ । विश्वविद्यालयले अहिलेसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा नेपालीमा पनि सोध्न माग हुँदै आएको थियो ।

त्यस्तै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा समेत असर परेको थियो ।

प्रतिक्रिया दिनुहोस्