Logo

युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त



युक्रेन, १८ चैत । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ ।

प्लान्टका सहायक उपकरण पनि क्षतिग्रस्त भएका छन् । कामदारले अहिले साइटमा भग्नावशेष सफा गरिरहेका छन् । गएको मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा ड्रोन प्रहार गरेको युक्रेनको दाबी छ ।

युक्रेनी अधिकारीले देशको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टीपीपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।

प्रतिक्रिया दिनुहोस्