Logo

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित



काठमाडौँ, २७ चैत । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

मंगलबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठक सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफलका कारण ढिला गरी बसेको थियो ।

संसद् बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए ।  ।

सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्