Logo

रुसी हवाई आक्रमणबाट किएभ नजिकैको ठूलो ऊर्जा केन्द्र ध्वस्त



युक्रेन, ३० चैत । रुसी सेनाले गरेको हवाई आक्रमणमा युक्रेनको राजधानी किएभ नजिकै अवस्थित एउटा ठूलो ऊर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ ।

अधिकारीहरूका अनुसार ‘ट्रिपील्या पावर प्लान्टुबाट किएभसहित तीनवटा क्षेत्रमा विद्युत् आपूर्ति हुन्थ्यो । ‘यहाँ भएको विनाश भयावह छ,’ सेन्त्रेनेर्गोका अध्यक्ष एन्द्री होताले भने ।

रुसले युद्ध सुरु भएयता सुनियोजित रूपमा युक्रेनी ऊर्जा प्रणालीलाई निसाना बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्