Logo

त्रिविको रजिस्ट्रारमा रिजाल र रेक्टरमा केसी नियुक्त



काठमाडौँ, ३० चैत । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा.खड्क केसी र रजिस्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई शुक्रबार नियुक्त गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए ।

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा.केशरजंग बरालले उनीहरुलाई दुई हप्ता अघि नै नियुक्तिको लागि सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्