Logo

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य



काठमाडौँ, ३ वैशाख। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतिताेला रु सात सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रततिोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय नर्धिारण भएको छ । शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।

यस्तै, तेजाबी सुन आज प्रततिोला रु एक लाख ३६ हजार आठ सय ५० नर्धिारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रततिोला रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतिताेला रु एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय १५ नर्धिारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्