Logo

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित



काठमाडौँ, ३ वैशाख। एसिसी पुरुष प्रिमयिर कप टि-ट्वान्टी क्रिकेट प्रतियाेगतिाअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावति बनेपछि टस समेत हुन सकेको छैन । प्रतियाेगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियाे । नेपालले पहिलाे खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियाे भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियाे ।

आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ’ए’बाट प्रतियाेगिताको सेमिफाइनलमा पुग्नेछ । यता हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । यसअघि खेलेको दुई खेलमा हङकङले एक खेलमा जति तथा एक खेलमा हार बेहोरेको छ ।

हङकङले पहिलाे खेलमा कतारलाई २६ रनले पराजित गरेको थियाे भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्