Logo

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता



फाइल फोटो

काठमाडौँ,४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खनाल सरकारी निवास बालुवाटार पुग्नु भएको हो।

गठबन्धनमा गडबडी बढिरहेको आशंकाका बीच प्रचण्डलाई भेट्न खनाल बालुवाटार पुग्नु भएको हो । एकीकृत समाजवादीका कारण सुदूरपश्चिममा प्रदेश सरकार निर्माणका लागि गठबन्धनलाई सकस परेको छ ।

प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वसहमतिबाट पछि हटेको नेकपा एसको आरोप छ । सोहीकारण गठबन्धन छाड्नेसम्मको चेतावनी नेकपा एसले दिएको छ ।

नेकपा एसमा खनाल अहिलेकै गठबन्धनको पक्षमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्