Logo

बिर्तामोडको मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु



बिर्तामोड,९ वैशाख । झापाको बिर्तामोड स्थित मुक्तिचोकमा कारको ठक्करबाट शनिवार राति एक बालकको मृत्यु भएको छ ।

काकडभिट्टातर्फ जादै गरेको प्र- १-०१-००२ च १९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका वडा नं १२ बस्ने गोपाल रोकाको छोरा बर्ष ११ को सन्तोष रोकालाई साढे १० बजे रातिठक्कर दिएको थियो ।

दुर्घटनाबाट घाइते वालक सन्तोष रोकालाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा आईतबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार चालक मेचीनगर नगरपालिका वडा नं १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्