Logo

झापाका अग्रज पत्रकार दिपीन राई ‘फोनिज युके पुरस्कार’बाट सम्मानित



झापा, १० बैशाख । झापाका अग्रज पत्रकार दिपीन राईलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार झापाका अग्रज पत्रकार दिपीन राईलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघको स्थापना दिवस र महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राईलाई उक्त पुुरस्कार प्रदान गरिएको हो ।

पत्रकार राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सम्मान र पुरस्कारको राशी जनही २५ हजार रुपैया रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले दुबै पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्