Logo

कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर



काठमाडौं, १२ वैशाख । कतार र नेपालबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहनुभएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै सम्झौतामा हस्ताक्षर भएको हो ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका कताारका राजा आज फर्कनुहुनेछ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहालाई बिदाई गर्न पनि राष्ट्रपति पौडेल विमानस्थल जाने कार्यक्रम छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्