Logo

ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय नागरीक पक्राउ



झापा, १२ बैशाख। लागूऔषध कारोबारीमा संलग्न व्यक्ती धमाधम पक्राउ पर्ने क्रममा थप दुईजना भारतीय नागरीक ठूलो परिमाणमा ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले ठूलो परिमाणमा बाउन सुगरसहित दुईजना भारतीय नागरीकलाई झापा गाउँपालिकावाट पक्राउ गरेको हो ।
आज दिउँसो झापा गाउँपालिका १ सितुमारी कार्की चौक नजीकै भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भारत किसनगंज सिंहिमारी ग्रामपंचायत ८ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र सोही ठाउँ बस्ने २६ वर्षीय मस्ताहक आलमले प्रहरीलाई देखेर बाटोनजिकै रहेको काँसघारीमा लुकाउँदै गरेको अवस्थामा एक सय ७० ग्राम बाउनसुगर फेला परेको थियो ।

ब्राउनसुगरसहित दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्