Logo

कर्मचारीबाट बिरामी बिदा माग भएपछि एयर इन्डियाका ८५ उडान रद्द



काठमाडौं,२८ बैशाख। एयर इण्डियाका झण्डै सय जना कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि हिजो एयर इन्डियाका ८५ उडान रद्द भएका छन् । अचानक माग भएको सामूहिक बिरामी बिदालाई नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिमा कर्मचारीको असन्तुष्टिसँग जोडिएको छ ।

कम्पनीका प्रवक्ताले विज्ञप्ति निकालेर अप्रत्याशित परिस्थितिबाट यात्रुलाई हुने असुविधालाई ध्यानमा राखेर हरसम्भव प्रयास गरिरहेको जनाएको छ । कर्मचारी अभावका कारण मङ्गलबारदेखि ९० भन्दा धेरै उडान अवरुद्ध भएको एयरलाइन्सले अस्ति बुधवार जनाएको थियो । एयर इन्डियाले हरेक हप्ता दुई हजार पाँच सयभन्दा धेरै उडान गर्दै आएको छ ।

ऋणग्रस्त अवस्थाबाट निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले यो एयरलाइन्सलाई अधिग्रहण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्