Logo

दिल्ली भएको आगलागीमा परी ७ नवजात शिशुसहित १० जनाको ज्यान गयो, १५ वढी घाईते



काठमाण्डौ, १३ जेठ । भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ७ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही ५ नवजात शिशु गम्भिर घाइते भएको दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२ जनाको उद्धार गरेकामा ७ जनाको उपचारका क्रममा ज्यान गएको र ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

आगलागीका कारण अस्पताल नजिकैको भवनमा पनि क्षति पुगेको खबरमा उल्लेख छ ।

दिल्लीमै आगलागीको अर्को ठुलो दुर्घटनामा परी तीनजनाको मृत्युभएको छ । कृष्णा नगरको एक ठुलो बिल्डिंगमा आगलागीहुदा १० जना भाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्