Logo
समाचार
स्थानीय तह निर्वाचन: घोषणापत्र बनाउन एमालेले बनायो कार्यदल

काठमाडौँ, १० चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

पल पुर्पक्षका लागि थुनामा, म्यानेजर जोशी धरौटीमा रिहा

तनहुँ, १० चैत । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सुरु

काठमाडौँ, १० चैत । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । बिहीवार भएको नियमित

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण

काठमाडौँ, १० चैत । पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको

धोनीले चेन्नई सुपरकिंग्सको कप्तानी छाडे

काठमाडौँ, १० चैत । रवीन्द्र जडेजाले आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्सको कप्तानी गर्ने भएका छन् । महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि जडेजालाई नयाँ कप्तान बनाइएको हो। यसअघि धोनीले सन् २००८ देखि

मन्त्री आले भारत प्रस्थान

काठमाडौँ, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा

प्रदेश-१ कांग्रेस प्रमुख सचेतकमा राई

विराटनगर, १० चैत । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा

शेयर बजार आज पनि घट्यो

काठमाडौँ, १० चैत । शेयर बजार आज पनि घटेको छ । बुधवार २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६ सय १३

महराका स्वकीय सचिव एमालेमा प्रवेश

काठमाडौँ, १० चैत । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा(एमाले)मा प्रवेश गरेका छन् । माओवादी त्याग गरेका शर्मालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

काठमाडौँ, १० चैत । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्तीू गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र