Logo

दीपक भट्टसँग कनेक्सन भेटिएपछि माइक्रो इन्स्योरेन्सका चारजना सञ्चालक पक्राउ



काठमाडौं, ९ भाद्र । व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएपछि माइक्रो इन्स्योरेन्सका चारजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माईक्रो लाईभ ईन्स्योरेन्स लिमिटेडकी ४१ वर्षीया सुनिता महर्जन, नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।

यसअघि भट्ट पनि यही कसुरमा पक्राउ परेर थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्