Logo

आज २०८३ साल साउन १२ गते मंगलवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। नयाँ लगानी लगाउनु भन्दा अघि विषयको बारेमा पूरा जानकारी राख्नुहोला। आर्थिक स्थिति सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

लगनशीलताले लक्ष्य पूरा गर्न सकिनेछ। पारिवारिक व्यस्तताले कार्यसमयमा सम्पादन नहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आर्थिक पक्षमा जोखिम लिनु नोक्सानदाई रहन सक्छ। विद्यार्थीहरूको साथीभाईहरूसँग रमाइलो समय व्यतीत हुनेछ। रोजगारीको क्षेत्रमा नयाँ बाटो खुल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बचतले आर्थिक पक्षमा सफलता मिल्नेछ। परिवारमा जग्गा जमिनलाई लिएर विवाद थियो भने सुल्झिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

निजी सम्बन्धमा आत्मीयता बढ्नेछ। अरुको वादविवादमा आफू अगाडि नबढ्नुहोला। स्वास्थ्यमा सुधार आउनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रोकिएको कार्य सम्पादन हुने वा नयाँ काम पाइने योग रहेको छ। आफ्नो बोलिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

 नयाँ व्यक्तिसँगको भेटले भविष्यमा फाइदा दिन सक्छ। आफूलाई मनपर्ने कामका लागि पनि समय निकाल्नुहोस्। परिवारसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग हलका बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पहिले सुरु गरेको काम आज पूरा हुन सक्छ। खर्च गर्दा आवश्यकताभन्दा बाहिर नजानुहोस्। परिवारसँग मिलेर निर्णय गर्दा सजिलो हुनेछ। दिनको अन्त्य सन्तोषजनक रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आज नयाँ योजना बनाउने सोच आउन सक्छ। साथीको सल्लाह उपयोगी बन्नेछ। आफ्नो विचार खुला रूपमा राख्नुहोस्। सानो खुसीले दिनभरि उत्साह बढाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

परिवारसँग बसेर गरेको कुराकानीले मन खुसी बनाउनेछ। नयाँ आशाका साथ अगाडि बढ्ने दिन छ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्