काठमाडौं, ६ जेठ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलाडीहरूले आईसीसी एकदिवसीय वरीयतामा उल्लेख्य सुधार गरेका छन् ।
एकदिवसीय ब्याटिङ वरीयतामा आसिफ शेख ७ स्थान सुधार गर्दै ८७औँ स्थानमा पुगेका छन् भने कुशल भुर्तेल १७ स्थान सुधार गर्दै १००औँ स्थानमा उक्लिएका छन् ।
बलिङ वरीयतामा सन्दीप लामिछाने ६ स्थान सुधार गर्दै ३७औँ स्थानमा पुगेका छन् । ललित राजवंशी १६ स्थान सुधार गर्दै ५४औँ तथा दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै ७९औँ स्थानमा पुगेका छन् ।
अलराउन्डर वरीयतामा दीपेन्द्र २५औँ, सन्दीप ६८औँ, ललित ७४औँ तथा गुल्सन झा ८७औँ स्थानमा पुगेका छन् ।
नेपाली टोलीको पछिल्लो प्रदर्शनसँगै खेलाडीहरूको व्यक्तिगत वरीयतामा पनि सकारात्मक प्रभाव परेको देखिएको छ ।








