Logo

आज २०८३ साल असोज ४ गते आईतवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्छ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज ऊर्जावान महसुस गर्नुहुनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइएला। नयाँ कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरुलाई उच्च शिक्षाका नयाँ अवसर मिल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अर्थभावले चिताएको कार्य सम्पादन गर्न गाह्रो हुनेछ। आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। सेवा गर्ने भाव जागृत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यक्षेत्रमा विरोधी तत्त्वहरू सक्रिय रहनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। व्यापार व्यवसायमा सफलता मिल्नेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सबल हुनेछन्। प्रेम सम्बन्ध छ भने विवाहका कुरा अगाडि बढाउन सक्नुहुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्यक्षेत्रमा वरिष्ठजनहरुको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कार्यक्षेत्रमा आसमर्दो कार्य सम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। पायक स्थानमा यात्राका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। घरको साज सजावटमा धन खर्च होला। आध्यात्म र विज्ञान दुवैमा रूचि उत्पन्न हुनेछ। आँटेको कार्य सम्पादन गर्न सकिएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्तहरूसँग रमाइलो समय बित्नेछ। पहिला गरिएको कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवनमा प्रेम सम्बन्ध सुमधुर रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्