Logo

आज २०८३ साल भाद्र २३ गते मंगलवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

 सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

 समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

 दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

 दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि औषधि जाेहाे गर्नुपर्ला। यात्रामा अधिक खर्च हुनेछ। शुभचिन्तकहरूको सहयाेगले काम बन्न सक्छ, मिहिनेत गर्नुहाेला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

 विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य-चिन्ताले सताउनेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख समेत पाइनेछ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्