झापा, ११ जेठ । झापामा रुखबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो।
प्रहरीका अनुसार लिम्बू यही जेठ ७ गते कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।
घाइते लिम्बूको उपचारका क्रममा आइतबार साँझ बीएन्डसी अस्पताल मा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।








