Logo

डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते



डडेल्धुरा, २ साउन । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

धनगढीबाट दार्चुला जाँदै गरेको सु.प.प्र. ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र सोही ठाउँका २८ वर्षीय हनु लोथ्याल रहेका छन् ।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल घाइते भएका छन् । जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी पनि घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्