काठमाडौं, १ असार । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








