Logo

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सुदूरपश्चिममा तातो लहरको जोखिम



काठमाडौं, ८ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ । गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशसहित अन्य केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ भने लुम्बिनी प्रदेशमा तातो दिन रहने सम्भावना औँल्याइएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । यी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्