झापा, ४ साउन । झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान मेचीनगर–१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा सिटी सफारीमा सवार मेचीनगर–१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइए पनि चिकित्सकले अस्पताल पुगेलगत्तै मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए।
दुर्घटनापछि स्कोरपियो चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर–६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






