Logo

बाल सञ्जाल हुँदा हुँदै अन्य संस्थाहरुको मिलेमतोमा नगरपालीकाले रकम निकासा गरेको आरोप



 

झापा, ८ असार। झापाको कनकाई नगरपालिकाले बिभिन्न संस्थाहरुको मिलेमतोमा रकम निकासा गर्ने गरेको आरोप लागेको छ । नगरपालिकामा सक्रिय नगर वाल सञ्जालले नगरलाई यस्तो आरोप लगाएको हो । कन्काई नगर बाल सञ्जालले जेठ ७ गते शुक्रबार नगरमा रहेका राजनैतिक दल र सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरु संग सर्बपक्षीय छलफल गरि बाल सञ्जालले बालवालिकाको क्षेत्रमा काम गर्ने क्रममा नगरपालिकासँग भएको सम्झौता पारदर्शी नभएको बताएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बाल सञ्जाल हुँदा हुँदै नगरपालिकाले यही प्रकृतिको अन्य संस्थासँग सम्झौता गरेर रकम निकासा गरेको नगर बाल सञ्जालले आरोप लगाएको छ ।
नगरमा बालबालीकाको क्षेत्रमा क्रियासिल आधिकारी बाल सञ्जाल हुँदा हुँदै कन्काई नगरपालीकाले रुपान्तरण नेपाल र संकल्प नामका संस्थामार्फत रकम सम्झौता गरेर कार्यक्रम गर्न दिएको नगर बाल सञ्जाल अध्यक्ष अश्लेषा कँडेलले बताउनु भयो । रुपान्तरण नेपाल जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र आफै अध्यक्ष भएको संस्था हो । जुन संस्थाले नगरपालिकामा १ लाख ४७ हजार रुपैंयाँको बजेट सम्झौता गरी अहिले वडा स्तरीय बाल भेला आयोजना गरिरहेको जनाइएको छ ।

बाल सञ्जालमा आफुहरु निर्वाचित भएर आएको ६ महिना भइसक्दा पनि हालसम्म पुरानो समितिले अघिल्लो कार्यकालमा गरेको आर्थिक प्रतिवेदन उपलब्ध नगराएको भन्दै कँडेलले अझै नगरपालिकाले अमुर्त सम्झौता गरेर उनिहरुले नेतृत्व गरेको कार्यसमितिलाई लाखौं रकम प्रदान गरिरहेको बताउनु भयो । कडेलले अपारदर्शी ढंगले रकम निकासा गर्ने नगरपालिका पनि अनियमितताको जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

झापा जिल्ला बाल सञ्जालको आयोजनामा गत जेठ ८ गते कनकाई नगरपालिकामा ‘बा सँग वालबालिका’ कार्यक्रम आयोजना भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यस कार्यक्रममा जिल्लाका झण्डै ६ सय बालिवालिकासँग साक्षात्कार गर्नु भएको थियो । सो कार्यक्रममा नगरसँग भएको सम्झौता र गरेको खर्चमा पारदर्शिता नभएको आरोप नगर बाल सञ्जालले लगाएको छ ।

जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले बाल सञ्जालले नगरपालिकाले अघि सारेको कार्यक्रममा नेतृत्व मात्र लिने बताउनु भयो । उहाँले आम्दानी र खर्चको हिसाब सञ्जालले राख्नु नपर्ने भन्दै पछिल्लो कार्यसमितिले खोजविन गरेपछि नगरसँग वित्तीय विबरण माग गरेको बताउनु भयो ।

केपी ओली सहभागी बा सँग बालवालिका कार्यक्रमको बिल भौचर पेश गरेपनि स्थानीय तहबाट रकम निकासा नभएको हुनाले अहिले नै त्यसको हिसाव किताब बुझाउन नसक्ने उहाँको भनाई छ । सो कार्यक्रममा कनकाई नगरपालिकासँग ४ लाख रुपैयाँ, शिवसताक्षी नगरपालीकासँग ४० हजार रुपैयाँ, बिर्तामोड नगरपालीकासँग २० हजार रुपैयाँ र अरु स्थानीय तहसँग पनि रकम माग गरिएको उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्