Logo

बिर्तामोडका पराजुली कटुवा पेस्तोलसहित पक्राउ



झापा, १३ असार । झापा बिर्तामोडका सुरेश पराजुली कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । बिर्तामोड –७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय पराजुलीलाई बुधबार साँझ प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

साँझको समयमा भाउजूसँग झैँ–झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठालगायत आसपासको एरियामा तलासी लिँदा लुकाइछिपाई राखिएको अवस्थाको बिँडसहितको १० इन्च लम्बाइको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्