Logo

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस



काठमाडौं, १६ असार । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताउनु भएको छ ।

आज काठमाडौंमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधार स् सम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उहाँले प्रधानमन्त्रीलाई सानातिना नियुक्ती, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिनु भएको हो ।

नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘मैंले प्रधानमन्त्रीलाई भनेको छु । सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ । पोलिसी म्याटरको छलफल गरौं । कुन क्षेत्रमा के कस्ता सुधार, परिवर्तन, कस्ता कदम र नीति लिन आवश्यक छ त्यसमा छलफल गरौँ । छलफल ग¥यो सुन्यो सकियो । पुराण सुनेजस्तो नगरौं । आँखा चिम्लेर सुनेपछि सक्यो । यस्तो गरेर भएन । ठोस् रुपमा कार्यान्वयनमा जाऔं । र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरु लिएर आउनु होला ।’

अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषि क्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्