Logo

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने



 

काठमाडौं, १८ असार । संसदका दुई ठुला दल नेकपा ९एमाले० र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौँ । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौँ ।’

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।

बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौँ ।’

उहाँका अनुसार अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिनुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्