Logo

महिला लक्षित सीप विकास तालिम सम्पन्न



 

झापा, १४ असार । बिर्तामोड, १४ असार स् बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको निशुल्क महिला लक्षित सीप विकास तालिम सम्पन्न भएको छ ।

वडा नम्बर ३ मा जेठ १३ गतेदेखि आयोजना गरिएको एक महिने तालिम आज सम्पन्न भएको हो । तालिममा प्रत्येक वडाबाट २/२ जनाका दरले २० जना महिलाको सहभागिता रहेको थियो । तालिम पशुपति टेक्निकल कलेजले आयोजना गरेको हो ।

तालिममा सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र प्रदान गर्नु भयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । स्वदेशमा स्वरोजगार बन्नका लागि र विदेश जानको लागि पनि तालिम उपयोगी रहेको भन्दै दक्षता हासिल गर्न आग्रह गर्नुभयो ।

सहभागिलाई सुजन राईले प्रशिक्षण दिनु भएको हो । नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा बारिस्ता, लोकसेवा तयारी कक्षा, विद्यालयहरुमा किशोरी आत्मरक्षा, लागूऔषध दुर्व्यसनी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन भएको शाखा प्रमुख पुष्पा कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा पशुपति टेक्निकल कलेजका अमर पुर्विया, नगरका रोजगार शाखा प्रमुख होमनाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्