Logo

झापामा सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु, आमा घाइते



झापा , १४ असार । झापाको दमकमा सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु भएको छ । दद्र्धटनामा परी आमा घाइते भएकी छन् ।

दमक नगरपालिका-१ बरगाछीस्थित भित्री सडक खण्डमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल यात्री काठमाडौँ घर भई हाल दमक १मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू ९मगर० र उनकी छोरी २ वर्षीया आरुसी मगरलाई ठक्कर दिएको थियो ।

दुवैलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा छोरी आरुसी मगरको मृत्यु भएको हो । शर्मिला लिम्बूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्