Logo

सर्वोच्चको आदेशले फर्किएका फणीन्द्रद्वारा पुन: ऊर्जामन्त्रीको शपथ ग्रहण



पोखरा, १६ असार । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाउनुभएको हो । उहाले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएसँगै रोकिएको थियो ।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बन्नुभएको थियो । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत जानुभएको थियो ।

सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उहालाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहोस्