Logo

टुहुरा बालबालिकाको पढाई खर्च बाफत वार्षिक ६ हजार उपलब्ध गराउने



बझाङ, १७ असार । टुहुरा बालबालिकाको पढाई खर्च बाफत वार्षिक ६ हजार उपलब्ध गराउने ,

बझाङ जिल्लाको मष्टा गाउँपालिकाको यसबर्षको नीति तथा कार्यक्रम अनुसार टुहुरा बालबालिकालाई पढाई खर्च बापत प्रत्येक वर्ष रु ६ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका ३७ जना टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो।

आमाबुबा गुमाएका बेसाहारा बालबालिकाको अभिभावकत्व ग्रहण गरि गाँस, बास र कपासका साथै आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले बताउनुभयो ।

चालु आर्थिक वर्षमा ३७ जनालाई टुहुरा बालबालिकालाई प्रति ब्यक्ती रु ६ हजारका दरले आर्थिक सहयोग गरेर यो कार्यक्रम शुभारम्भ गरिएको र आगामी आर्थिक वर्षदेखि अभिभावक गुमाएका बालबालिकाको वडा बाट प्राप्त भएको विवरण अनुसार आर्थिक सहयोग गर्दै कार्यक्रमलाई थप प्रभाबकारी बनाउदै लैजाने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्