Logo

सरकारबारे विचार गर्छौँ: लिङदेन



काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्नुभएको छ । अध्यक्ष लिङदेनले राप्रपाले संविधान संशोधनको माग गर्दै आएको बताउनुभयो ।

संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने उहाले उल्लेख गर्नुभयो । त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने उहाले बताउनुभयो ।

नयाँ सत्तासमीकरणमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई पनि सहभागी गराउन सके राम्रो हुने उहाको सुझाव छ ।

दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उहाले यस्तो टिप्पणी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्