Logo

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश



काठमाडौं, १८ असार । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिटमा मङ्गलबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एक इजलासले विपक्षसँग लिखित जवाफ माग गरेको छ र अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । साथै अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विसं। २०८० माघ ४ गते गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेको थियो भने १९ जनाले आवेदन दिएका थिए । समितिले १९ मध्ये पाँच जनाको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो ।

सर्टलिस्टमा पर्नुभएको सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणमा उपस्थित हुनुहुन्थ्यो भने बोर्डका अर्का कार्यकारी निर्देशक डा। नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्