Logo

स्थानीय तह निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्ने कांग्रेसको निर्णय



काठमाडौँ, १५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिए ।

अहिले पनि देशका धेरै पालिकामा कांग्रेस नै बलियो रहेको र यसलाई अझै सहज र व्यापक बनाउन गठबन्धन आवश्यक रहेकोमा सबैजसो नेता र केन्द्रीय सदस्य सहमत भएको महतको भनाइ छ । स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्