Logo

देशभरका पालिका अध्यक्षलाई ओलीले सम्बोधन गर्ने



काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो २ः०० बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न पालिका अध्यक्षहरूलाई निर्देशन दिनेछन् ।

काँग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट अध्यक्ष ओलीले पार्टीको स्थानीय तहका अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्